चुनावमा धेरै मत पाउने दलले पाँच वर्ष सरकार चलाउने गरी संविधान संशोधन गरौं : गगन थापा

डिसी नेपाल
२० पुष २०८१ १६:५४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली बाधक रहेको बताउँदै उनले संवधान संशोध गर्दा निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए।

राजनीतिक दलले पाँच वर्ष सरकार चलाउन नपाउने निर्वाचन प्रणाली बनाइएको उनको भनाइ छ। गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई शनिबार पोखरामा सम्बोधन गर्दै थापाले जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्ने बताए।

अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेकाले अस्थिर सरकार बनिरहेको थापाले बताए। उनले यसले गठबन्धन विकृत अभ्यासका रुपमा विकास भइरहेको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *