मौसमी प्रकोपको चपेटामा नेपाल

डिसी नेपाल
२१ पुष २०८१ ९:२२

काठमाडौं। चट्याङ प्रकोप नेपालमा मौसमी प्रकारको प्रकोपमध्ये पहिलो स्थानमा छ र यो सबै प्रकोपहरूमा तेस्रो उच्च श्रेणीमा छ। नेपालमा सन् २०२२ सालमा मात्रै २२५ चट्याङबाट ८७ जनाको मृत्यु भएको छ भने २२१ जना घाइते भएका छन्। यसको घनत्व र यसको क्षेत्रीय वितरणमा भएको असमानताले यसको गम्भीरता प्रदान गर्न सक्छ।

हालको अध्ययन नयाँ सात प्रदेश र पर्यावरणीय क्षेत्रका आधारमा गरिएको हो। ५२ वर्षको अवधि (सन १९७१ देखि सन् २०२२)मा नेपालभित्र घटेका जम्मा कुल घटना संख्याको आधारमा अमेरिकी पर्यावरण प्रणाली अनुसन्धान संस्थान (इएसआरआई)ले विकास गरेको एआरसी म्याप विधिको प्रयोग गरेर विश्लेषण गरिएको हो। यो विश्लेषणबाट निस्केको नतिजा भनेको प्रि-मनसुन र मनसुन अवधिमा मेघगर्जनको उच्च घनत्व रहेको छ।

मनसुन अवधिमा, पूर्वी पहाडमा गर्जनको घनत्व बढी हुन्छ भने यसको उल्टो जाडो याममा पश्चिम नेपालमा मेघगर्जनको उच्च घनत्व रहेको छ। अन्य प्रदेश भन्दा बागमती प्रदेश र कोशी प्रदेशमा चट्याङ पर्ने दर धेरै देखिन्छ तर चट्याङ र मानवीय मृत्युको आनुपात भने मधेश प्रदेशमा गम्भीर छ।

चट्याङ एक प्राकृतिक घटना हो। विशेषगरी, यो एक मेट्रोलोजिकल घटना हो, जसले ठूलो भोल्ट बिजुली सर्किट उत्पादन गर्दछ र यसले पृथ्वीको सतहका जीव र बोटबिरुवाहरू नष्ट गर्न सक्छ। साथै, यसले हावाहुरी, असिना र भारी वर्षाको रूपमा वरपरको मौसमलाई पनि असर गर्न सक्छ।

चट्याङ विद्युतीय डिस्चार्जको एक रेखा हो जुन बादल र जमिनबीचको सकारात्मक र नकारात्मक इलेक्ट्रोनको असन्तुलनको कारणले हुन्छ। यो बादलभित्र पनि हुन सक्छ। वर्षाको बादलमा स्थिर चार्जको रूपमा प्रकाश सुरू हुन्छ। बादलभित्रको हावा धेरै अशान्त हुन्छ।

बादलको तल्लो भागको पानीका थोपाहरू माथि उठ्छन् र धेरै उचाइमा पुगेपछि, धेरै चिसो वातावरणले तिनीहरूलाई स्थिर बनाउँछ र माथिको बादलले तलतिर दबाब दिन्छ। यो प्रक्रियामा त्यस क्षेत्रमा भएका इलेक्ट्रोनहरू नास हुन्छन।

फलस्वरूपस् बादलको माथिल्लो भाग सकारात्मक र तल्लो नकारात्मक चार्जबीच चुम्बकीय आकर्षण हुन गई त्यस छेत्रमा प्रकाशसहित आवाज पैदा हुन्छ। मनसुनमा नेपालको ठूलो ओरोग्राफिक (पर्वतीय उचाइ) बाधाले तातो र आद्रतायुक्त हावालाई माथि उठाउन मद्दत गर्न सक्छ। धेरै कारणहरूमध्ये ओरोग्राफिक (परवतीय उचाइ) बाधा मुख्य एक हो, जसले नेपालमा धेरै चट्याङहरू हुन मद्दत गर्दछ।

यो अध्ययन माध्यमिक तथ्याङ्कमा आधारित छ। तथ्याङ्कहरू दुई फरक स्रोतहरूबाट निकालिएको हो। DesInventar, (United Nation Disaster Risk Reduction)  र नेपाल सरकार, गृह तथा मामिला मन्त्रालय मुख्यतया तथ्याङ्कका स्रोत हुन्।

नेपालमा चट्याङको असर

विभिन्न अवधिमा ३७३१ चट्याङका कारण ८ करोड ७६ लाख १८ हजार ७६० बराबरको क्षति भएको अनुमान गरिएको छ। यो वर्तमान मूल्यमा धेरै उच्च हुनुपर्छ। कूल ३७३१ चट्याङका कारण १२ सय ४ वटा निजी घर ४८० पूर्ण र ७२४ वटा आंशिक क्षतिग्रस्त भएका छन् भने २४२७ गाई वस्तु मारिएका छन्।

नेपालमा अप्रिल महिनादेखि तापक्रम बढ्न थाल्छ। बढ्दो तापक्रमसँगै मेघ गर्जन बढ्दै गएको र अप्रिल महिनामा ३४ प्रतिशत आर्थिक क्षति भएको रेकर्डले देखाएको छ।

नेपालमा गर्जनको खतरा र परिणाम (१९७१ – २०२२)

यस अवधिमा जम्मा ३७३१ चट्याङ परेको छ। अप्रिल, मे र जुन महिनामा सबैभन्दा बढी चट्याङ परेको देखिन्छ जुन क्रमशः ६७८ (१८.२ प्रतिशत), ६५४ (१७.५ प्रतिशत), र ५९९ (१६.१ प्रतिशत) रहेको छ। सबैभन्दा बढी मासिक मानवीय क्षति क्रमशः जुन (४०४०, मे ९३८६) र अप्रिल ९३४६० थियो। त्यहाँ सबैभन्दा गहन तीन महिना कुल चट्याङ संख्या र मानव क्षति संख्या एकदम विपरीत दिशा देखिन्छ।

प्रदेश अनुसार चट्याङ को वितरण र मानवीय क्षति

७ प्रदेश र ७७ जिल्लासहित २०१५ को नयाँ संविधान जारी भएको छ। यसअघिका १४ अञ्चल र ७५ जिल्लाबाट प्राप्त तथ्याङ्क नयाँ संविधान बमोजिम समायोजन गरिएको हो।

सन् १९७१ देखि २०२२ सम्मको यस अवधिमा कुल ३७३१ चट्याङले देशमा २१४० जनाको ज्यान लिइसकेको छ।

नेपालमा औसतमा प्रत्येक सात चट्याङले चार जनाको ज्यान लिने गरेको छ। मधेस प्रदेशमा सबैभन्दा बढी केस-मृत्यु अनुपात अर्थात् प्रत्येक बाह्र चट्याङमा १० जनाको ज्यान गएको छ।

कर्णाली प्रदेशमा मृत्यु अनुपात सबैभन्दा कम देखिन्छ अर्थात् प्रत्येक एघार चट्याङले चार जनाको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी गाई वस्तु मारिएका छन् भने प्रत्येक चट्याङले चार घरपालुवा जनावरको ज्यान लिने गरेको छ। बागमती प्रदेशमा बढी घाइते भएका छन्। सबैभन्दा बढी प्रभावित परिवार कोशी प्रदेशमा रहेका छन्।

५२ वर्षको अवधिमा (१९७१–२०२२) कुल चट्याङका प्रहार ३७३१ रेकर्ड भएका छन्। कोशी प्रदेशले देशको कुल क्षेत्रको १७.५६ प्रतिशत (२५९०५ वर्ग किलोमिटर) भू-भाग ओगटेको छ भने ३० प्रतिशत चट्याङका घटना भएका छन्।

बागमती प्रदेशले देशको कुल भूभागको १३.७६ प्रतिशत हिस्सा ओगटेको छ र ८०५ (२१.५७ प्रतिशत) चट्याङ परेको तथ्यांकमा उल्लेख छ। कर्णाली प्रदेशको १९ प्रतिशत भू-भाग रहेको छ भने ९ दशमलव ४ प्रतिशत चट्याङका घटना भएका छन्।

कोशी प्रदेशको सबैभन्दा बढी चट्याङ पर्ने जिल्ला झापा हो र यहाँ १६० वटा घटना सोही अवधिमा रेकर्ड गरिएको छ। यसले ९५ जनाको ज्यान लियो। मोरङमा १२४ वटा चट्याङले १११ जनाको ज्यान लिएको छ। मधेश प्रदेशमा सप्तरी जिल्ला बढी जोखिममा रहेको र ७० चट्याङ परेर ५४ जनाको ज्यान गएको छ।

मकवानपुर जिल्लामा यस अवधिमा २२६ वटा चट्याङ परी १२९ जनाको मृत्यु भएको छ। यो संख्या ७७ जिल्लामा मानव जीवन(मृत्युको हिसाबले सबैभन्दा बढी हो। हेटौंडा मकवानपुर जिल्लाको सदरमुकाम र बागमती प्रदेशको राजधानी पनि हो। बागमती प्रदेशको दोस्रो जोखिममा रहेको सिन्धुली जिल्लामा ८२ चट्याङ परी ५२ जनाको मृत्यु भएको छ।

कास्की जिल्ला गण्डकी प्रदेशमा अवस्थित छ भने जिल्ला सदरमुकाम पोखरा प्रदेशको राजधानी पनि हो। यसमा सबैभन्दा बढी चट्याङको संख्या ७७ थियो र यसले ४६ जनाको ज्यान लियो। उत्तरी चिसो हावापानीमा पर्ने प्रदेशका मनाङ र मुस्ताङ जिल्लामा अहिलेसम्म कुनै रेकर्ड हुन सकेको छैन। दाङ जिल्लामा ९१ वटा चट्याङ परी मृत्यु हुनेको संख्या ५९ पुगेको छ। यो लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै हो। दाङ जिल्ला यस प्रदेशको सबैभन्दा जोखिमयुक्त जिल्ला मानिन्छ।

यो अवधिमा कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको अछाम बढी जोखिममा छन्। दैलेखमा ६४ चट्याङ परेर २१ जनाको ज्यान गएको थियो भने अछाममा ५७ चट्याङले २१ जनाको ज्यान गयो।

मौसमी र पारिस्थितिक घनत्व

सिंगो देश चट्याङको चपेटामा परेको देखिन्छ। देशको उत्तरपश्चिमी भागमा चट्याङको प्रभाव कम देखिन्छ र उत्तरपश्चिमका केही भागमा चट्याङको कुनै रेकर्ड छैन। देशको पूर्वी भू(भागमा चट्याङ को गणना बढी छ भने पश्चिममा क्रमशः पातलो हुँदै आएको छ। यस अवधिमा कूल ३७३१ चट्याङ परेको र यसले २१४० जनाको ज्यान गुमेको छ। प्रत्येक सात चट्याङले औसतमा ४ जनाको ज्यान लिइ रहेको छ। अध्ययन अवधिमा कुल २१२५ गाई मारिएका छन् र १ हजार २ सय ३ निजी घर ( ४ सय ७८ पूर्ण र ७ सय २५ वटा आंशिक) क्षतिग्रस्त भएका छन्।

नक्सा १ : नेपालमा चट्याङ वितरण

वैशाख-भाद्र (अप्रिल-अगस्ट) मा ७३ प्रतिशत (२७१२) चट्याङ परेको र यस अवधिमा ७६ प्रतिशत (१६१८) मानव मृत्यु र ७० प्रतिशत (३५११) घाइते भएका छन्।

अप्रिलदेखि अगस्ट (गर्मी महिनाहरू) जाडोको बाँकी महिनाहरू भन्दा धेरै चट्याङका घटनाहरू देखिन्छ।  DRR पोर्टलले गर्मी महिनामा २६७४ (७० प्रतिशत ) चट्याङ र जाडो महिनामा १०५७ चट्याङ (३० प्रतिशत) रेकर्ड गरेको छ। पश्चिमी जिल्लाको तुलनामा पूर्वी जिल्लामा चट्याङका घटना बढी देखिएको थियो।

नक्सा १ अनुसार, पहाडी क्षेत्रको मध्य भागमा चट्याङ वितरण अभिलेख नभएको देखिन्छ। पश्चिमी पहाडको तुलनामा पूर्वी पहाडी भेगमा मेघ गर्जनको संख्या बढी थियो। देशको उत्तरपश्चिम सीमा रेखातिर कुनै मेघ गर्जन रेकर्ड गरिएको छैन। पहाडी क्षेत्रमा मेघ गर्जनको अनियमित वितरण ढाँचा र पहाडी भूभागको मध्य भागमा बढी मेघ गर्जन रहेको थियो। तराईमा अनियमित रूपमा वितरण भए पनि पूर्वी भागमा पश्चिमभन्दा बाक्लो मेघ गर्जन रहेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *