सर्बेन्द्र खनालले छाडे एमाले

डिसी नेपाल
२१ पुष २०८१ ९:३०

काठमाडौं। नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमा समेत नरहेको घोषणा गरेका हुन् ।

‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन, उनले फेसबुुकमा लेखेका छन्, राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

पूर्व प्रमुख खनाल एमालेमा प्रवेश गरे पछि उनलाई २ पटक टिकट दिइएको थियो । काठमाडौं  ६ र तनहुँ बाट टिकट दिए पनि उनी दुबै स्थानबाट पराजित भएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *