सत्ता पक्ष र प्रतिपक्षबीच जीवन्त संवाद आवश्यक : सांसद ढकाल

डिसी नेपाल
२१ पुष २०८१ ११:०१

काठमाडाैं। नेपाल परिवार दलका अध्यक्ष एवं नेकपा एमालेका सांसद एकनाथ ढकालले स्वस्थ राजनैतिक प्रणालीको अभ्यासमा सत्ता पक्ष र प्रतिपक्षबीच जीवन्त संवाद आवश्यक रहेकाे बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यो तथ्यलाई मनन गर्दै विभिन्न तहमा प्रतिपक्ष दल र नेताहरुसँगको संवादलाइ प्राथमिकताकासाथ निरन्तरता दिनुपर्ने उनकाे भनाइ छ।

उनले  प्रधानमन्त्री ओली आफैं दैनिक १८ घण्टा भन्दा बढी सार्बजनिक काममा खटिरहेकाे, संसदका समितिहरुको बैठकमा त सबै सांसदहरु बीच घनिभूत छलफल र अन्तरक्रिया भइरहेकाे उल्लेख गर्दै ढकालले प्रमुख प्रतिपक्ष दलका नेताले सरकारसँग संवादहीनता रहेको अभिव्यक्ति दिनु उचित नभएकाे बताए।

‘यदि त्यस्तो अवस्था हो भने प्रतिपक्ष नै संवादबाट भागेको हुन सक्छ। संवादको ढोका खुला छ। राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संवाद गरौ। संवादबावाट टाढा नाभागौ। सरकार बाहिर हुँदा पनि राजनैतिक चरित्र प्रदशन गरौं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *