सुनको मूल्यमा भारी गिरावट
काठमाडौं। नेपाली बजारमा सुनको भाउ आइतबार घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ।
लगातार ३ दिन बढेको सुनको भाउ आईतबार भने घटेको छ । यसअघि बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १४ सय, ५०० र २ हजार रुपैयाँले बढेको थियो।
यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँ कायम रहेको थियो। यता, आज चाँदीको भाउ भन् स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १८ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो।
प्रतिक्रिया
Facebook Comment