पाकिस्तानको बलुचिस्तानमा यात्रुवाहक बसमा आत्मघाती हमला, चार जनाको मृत्यु २५ घाइते

डिसी नेपाल
२१ पुष २०८१ ११:३५

काठमाडौं । इरानसँग सीमा जोडिएको पाकिस्तानको बलुचिस्तानको केच जिल्लामा एउटा बसमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

बीबीसी उर्दूका अनुसार बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रान्डले आक्रमणको पुष्टि गर्दै क्राइम विंगका एसएसपी जोहाइब मोहसिन पनि आक्रमणमा घाइते भएको बताए।

केच जिल्लाका एक प्रहरी अधिकारीले बीबीसी उर्दूलाई भनेअनुसार मारिनेमा सुरक्षा बलहरू पनि थिए। आक्रमणमा २५ जना घाइते भएका छन् । प्रहरी अधिकारीले यो आत्मघाती हमला भएको बताएका छन् ।

यसैबीच, बलुच लिबरेशन आर्मी (बीएलए) ले पत्रकारहरूलाई पठाएको सन्देशमा यस आत्मघाती हमलाको जिम्मेवारी लिएको छ।

बीएलएले पाकिस्तानी सेनाको काफिलेलाई निशाना बनाएको दाबी गरेको छ । यद्यपी पाकिस्तानी सेनाले यस सम्बन्धमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन ।

तुर्बतका एक प्रहरी अधिकारीले बीबीसी उर्दूलाई भनेअनुसार विस्फोट तुर्बत शहरबाट आठ किलोमिटर टाढा बाहमान क्षेत्रमा भएको थियो।

पाकिस्तानका केन्द्रीय गृहमन्त्री मोहसिन नक्वीले यो हमलाको निन्दा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *