एमाले केन्द्रीय समिति बैठकः प्रत्येक सदस्यलाई तीन मिनेटको समय

डिसी नेपाल
२१ पुष २०८१ १२:५१

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेकाे छ। नेपाली कांग्रेससँग मिलेर सरकार बनाएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।

कांग्रेससँगको सत्ता गठबन्धनको औचित्य र आवाश्यक्ता, सरकारका ६ महिनाको समीक्षा, भू-राजनीतिको पछिल्लो अवस्था, चीनसँग भएका सम्झौता लगायत बिषय समेटेर तयार पारिएको अध्यक्ष ओलीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्।

जारी बैठकमा सबै केन्द्रीय सदस्यले बोल्न पाउने ब्यवस्था गरिएको छ। र, हरेक केन्द्रीय सदस्यलाई ३-३ मिनेटको समय छुट्याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *