सिरियाको दमास्कस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु हुने

काठमाडौं । सिरियामा बसर अल असद सरकारको पतनपछि पहिलो पटक दमास्कस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा सुरु हुने भएको छ ।
सिरियाको नागरिक उड्डयन प्राधिकरणले मंगलबारदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सुचारु हुने सिरियाली सरकारी सञ्चारमाध्यमलाई बताएको छ ।
दमास्कस विमानस्थल गत महिना मात्र असद सरकारको पतनपछि आन्तरिक उडानका लागि पुनः खोलिएको थियो।
विमानस्थलका कर्मचारीले त्यहाँका विमानमा स्वतन्त्रताको प्रतीकसहित ‘तीन तारे झण्डा’ बनाएका छन् ।
सिरियामा असदको शासन पतन भएको झण्डै एक महिना बितिसकेको छ । असद राष्ट्रपति पद छाडेर सिरियाबाट रुस गएका छन् ।
सिरियामा हाल विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा अन्तरिम सरकार चलिरहेको छ।
प्रतिक्रिया
Facebook Comment