गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको गोदावरीबाट लागूऔषधसहित बैतडीका एक युवक पक्राउ परेका छन्।
पुर्चौडी नगरपालिका–२ का ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। गोदावरी नगरपालिका–२ तेघरीबाट १ सय १० मिलिग्राम लागूऔषध सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया
Facebook Comment