उर्लाबारी आगलागी घटनाका पीडित भन्छन्: ‘जिँउदो लाश भएर बाँचेका छौं’
उर्लाबारी। २०८० साल कात्तिक २६ गते। लक्ष्मीपूजाको दिन। मोरङको उर्लाबारी-७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भयो।
आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भए। सो आगलागी परि घाईते भएकाहरुले क्षतिपूर्ती नपाएको र जिवनयापन गर्न सकस भएको बताएका छन्।
‘मर्नेहरु त मर्नुभयो, परिवारलाई दुखपीडा त अवश्य हुन्छन नै, हामी पनि जिँउदो लाश भएर बाँचेका छौ, बहुत पीडा छ। बरु मरेकै भए हुन्थियो जस्तो लाग्छ, घाईते राजिव दियालीले भने, हाम्रो पक्षमा बोलदिने कोहीँ छैन, न त नप्रतिनिधिको साथ छ।’ उनले घरधनि पनि आफ्नो हितमा मात्रै लागिपरेको आरोप लगाए।
उर्लाबारीमा अलराउण्ड डान्स सेन्टर सन्चालन गर्छन् दियाँली। डान्स सेन्टर सन्चालन गरेर जिविकोपार्जन भइरहेको थियो। तर दियालीलाई आगलागीमा परेपछि निक्कै समस्या भइरहेको छ। उनी भन्छन्, ‘जलेपछि पहिले जस्तो काम गर्न सकेको छैन्। जलन भएको हात चिलाउछ, पोल्छ। बाहिर खुलेर निस्किन सकेको छैन। काममा फर्किन सक्या छैन।’
‘अरुको घर परिवार जोगाउन ज्यानको बाजि लगाएर लाँगियो, कतिको ज्यान गयो। तर घरधनीले फर्किएर हेर्नुभएको छैन’, दियालीले भने। आगलागीमा परेर घाइते भएका २७ बर्षीय बिक्रम शाहाको पीडा दियालीको भन्दा कम छैन। छुट्टै छ। आगलागीमा पर्नु अघि उनी किरानामा काम गर्थे, सगाँउथे । मासिक १० हजार तनखा हुन्थियो । तर अहिले उनी स्वास्थ्य अवस्थाको कारण काममा फर्किन सकेका छैनन्।
एक छोरी र श्रीमतीसँग बस्दै आँएका शाह हात खुट्टा ढाड र गालामा जलन भएको बताउँछन्। कैयौंं रात भोकै सुतेको उल्लेख गर्दै उनले नुन पानी भात खाँएर पनि रात कटाएको उल्लेख गरे। उनी भन्छन्, ‘म काम गर्न सक्दिन, श्रीमतीलाई जागिर भए हुन्थ्यो।’
सम्भवतः नेपालकै ठुलो घटना हो, उर्लाबारीमा आगलागी। राज्यका हरेक निकायको चाँसो भएको थियो। आाश्नवासन र सपनाहरु देखाइएको थियो। तर अहिले सबै कुरा सेलाएको र आफूँहरुको समस्या ज्यूँका त्यूँ रहेको आगलागी पीडितको दुखेसो छ।
सुन पसलमा भएको आगलागीमा परी उर्लाबारी नगरपालिका-७ का ४३ वर्षीय रामनरेश मरिता, ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो।
आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइतेसमेत भएका थिए। आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो।
Facebook Comment