सुदूरपश्चिम एमालेका ४६ सदस्यले बुझाए संयुक्त राजीनामा

डिसी नेपाल
२२ पुष २०८१ १४:१८

काठमाडौं। नेकपा (एमाले) कैलालीको गोदावारी नगरकमिटीका सदस्य कल्पनाकुमारी विकसहित ४६ सदस्यहरुले संयुक्त राजीनामा दिएका छन् । एमालेमा बस्दा पटक–पटक अपमानित र अपहेलित हुनुपरेको भन्दै उनीहरुले संयुक्त राजीनामा दिएका हुन्। माओवादी पृष्ठभूमिका उनीहरु एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनपछि उनीहरु एमालेमै बसेकेका थिए ।

तत्कालीन माओवादीले गरेको जनयुद्धलाई इन्कार गर्न नसकिने र अहिलेको गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध कै जगमा आएको निष्कर्षसहित उनीहरु एमालेबाट बाहिरिएका हुन् ।

एमाले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि यहाँभित्र बसिरहन आवश्यक नठानेको उनीहरुले पत्रमा उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *