हमासले बन्धक बनाएकी १९ वर्षीया युवतीको भिडियो सार्वजनिक

डिसी नेपाल
२२ पुष २०८१ १५:०१

काठमाडौं । इजरायल र हमासबीच युद्धविराम र बन्धकहरूको रिहाइका लागि कतारमा अप्रत्यक्ष वार्ता पुनः सुरु भएको छ । यसैबीच हमासले एउटा भिडियो सार्वजनिक गरेको छ जसमा १९ वर्षीय इजरायली बन्धकलाई देखाइएको छ ।

यस भिडियोमा लिरी अल्बाग इजरायली सरकारसँग सम्झौताको लागि अपील गरिरहेको देखिन्छ।

सन् २०२३ को अक्टोबरमा हमासले गरेको हमलाको क्रममा गाजा सिमानामा रहेको नहल ओज आर्मी बेसबाट उनलाई अन्य ६ जना महिला सैनिकसँगै बन्धक बनाइएको थियो । तीमध्ये पाँच जना अझै हिरासतमा छन् ।

इजरायल र हमासबीच नयाँ वार्ताको घोषणा यस्तो समयमा आएको हो जब इजरायलले गाजामा आक्रमण तिब्र पारेको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार विगत २४ घण्टामा भएको बम आक्रमणमा ८८ जनाको मृत्यु भएको जनाएको छ ।

गाजा सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिबार गाजा शहरको एउटा घरमा भएको आक्रमणमा सात बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले आइतवार भनेको छ कि उसले गाजा पट्टीमा गत दुई दिनमा १०० भन्दा बढी ‘आतंकवादी लक्ष्यहरू’ मा आक्रमण गरेको छ र ‘दर्जनौं हमास आतंककारीहरूलाई मारेको छ’।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *