सहकारी नियमन प्राधिकरण बनिसक्यो, कार्यान्वयन हुँदैछ : मन्त्री अधिकारी

डिसी नेपाल
२२ पुष २०८१ १५:०६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको नियमन गर्न प्राधिकरण बनाइसकेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ बार्षिक साधारणसभामा बोल्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई सही दिशातर्फ अघि बढाउनका लागि नियमन गर्नुपर्ने आवाज उठेपछि सरकारले ऐन संशोधनमार्फत प्राधिकरण बनाएको भन्दै अव कार्यान्वयनको चरणमा रहेको बताएका हुन् ।

सहकारी सवै एउटै प्रवृतिको रहेको र सहकारी चाहिदैन भन्ने भ्रम फैलाउने गरिएको भन्दै मन्त्री अधिकारीले यस्तो भ्रमका पछि नलाग्न आग्रह गरे । सहकारीकै माध्यमबाट कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भएकाले सहकारीबिरुद्ध फैलाएका हल्ला मिथ्या हुन भन्ने प्रमाणित गर्न जरुरी रहेको उनले बताए ।

मन्त्री अधिकारीले देशभरका सहकारीमा आवद्ध भएकालाई एकै ठाँउमा राखेर मन्त्रालयले एकवद्धतासहितको छलफल कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

उनले सहकारीलाई व्यवस्थित गर्नका लागि सहकारीकर्मीहरुले पनि आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *