राज्यव्यवस्था समितिमा सभापतिले बोल्न नदिएपछि सांसद थानी आक्रोशित
काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद हृदयराम थानी आक्रोशित भएका छन् ।
सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद थानी बोल्दै गर्दा समिति सभापति रामहरि खतिवडाले रोकेपछि विवाद भएको हो ।
बैठकमा सांसद थानीले समितिमा धेरै विधेयकमाथि छलफल गर्न बाँकी रहदा धेरै उजुरीहरु छलफलका लागि किन ल्याएको भन्दै प्रश्न गरेका थिए ।
सो क्रममा सभापति खतिवडाले रोक्न खोजेपछि थानी आक्रोशित भएका हुन् । उनले आफु बोल्न खोज्दा सधै सभापतिले रोक्न खोजको भन्दै आपत्ती समेत जनाए । थानीले आफु संयोजक रहेको उपसमितिको प्रतिवेदन समेत थन्काएर राखिएको उल्लेख गरे ।
सभापति खतिवडाले सबैको सहमतिमा विधेयक अघि लैजाने भन्दै सांसद थानीलाई बोल्न आग्रह गरेका थिए । तर सांसद थानीले भने सभापतिको कार्यशैलीको विरोध गर्दै आफ्नो भनाइ अघि बढाउन अस्वीकार गरेका थिए ।
Facebook Comment