काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं। मंगलबार विहान राजधानीमा शक्तिशाली भूकम्पको धक्का मशसुस गरिएको छ।
विहान ६ बजेर ५० मिनेट जाँदा राजधानीमा भूकम्पको धक्का महशुस गरिएको हाे।
उपत्यकासहित आसपास, तराइ एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ।
आज विहान करिव छ वजेर ५० मिनेट जाँदा भूकम्पको महसुस गरिएको थियो। प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ। भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ।
प्रतिक्रिया
Facebook Comment