सरकारले पदावधि नथप्दा सशस्त्रका ४ डिआइजी आज रातिबाट अवकाशमा

डिसी नेपाल
२३ पुष २०८१ १२:०५

काठमाडौं। सशस्त्र प्रहरीमा चार जना डिआइजी (प्रहरी नायब महानिरीक्षक)हरू एक वर्ष म्याद थप्ने संभावना न्यून रहेको छ। जागिरको अवधि आज रातिबाट सकिने भएपछि उनीहरु पदावधिका कारण अवकाश जान लागेका हुन्।

सरकारले कानुन अनुसार एक वर्ष म्याद थप नगर्दा उनीहरु अवकाशमा जान लागेका हुन्। ‘आज मन्त्रिरिषदको बैठक छैन, उनीहरुको म्याद थपिने संभावान निकै न्यून रहेको छ, म्याद नथपिएमा आज रातिबाट उनीहरु अनिवार्य अवकाशमा जानेछन्’, सशस्त्र मुख्यालयले भन्यो।

डिआइजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी अनिवार्य अवकाशमा जान लागेका हुन्।

सशस्त्र प्रहरी नियमावली २०७१ ले उनीहरूको एक वर्ष पदावधि थप गर्ने व्यवस्थाअनुसार सशस्त्र प्रहरी मुख्यालयले एक वर्ष पदावधि थप गर्ने प्रस्ताव पठाइसकेको थियो। सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डिआइजीको चार वर्ष अवधि पूरा गरेर अवकाश हुन लागेको अवस्थामा ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ।

सोहीअनुसार प्रस्ताव पठाइएको सशस्त्र प्रहरी मुख्यालयले पठाएको भएपनि असोज २३ गते आजबाट उनीहरु अनिवार्य अवकाशमा जान लागेका छन्।

२०५६ असार ३ गते डिआइजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ प्रहरी निरीक्षकबाट भर्ना भएका थिए। डिआइजी शम्भु सुवेदी उनीहरूभन्दा अघि भर्ना भएका हुन्। सशस्त्र प्रहरी बल स्थापना भएपछि चारैजना सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन्। मुलुक द्वन्द्वकालमा हुँदा उनीहरूकै टोलीले विभिन्न परिस्थितिको सामना गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *