भूकम्प जाँदा काठमाडौंमा घरको छतबाट एक जनाले फाले हाम
काठमाडौं । भूकम्पको धक्का महसुस भएपछि काठमाडौंमा एक जनाले घरको छतबाट हाम फालेका छन्।
स्युचाटारस्थित डेढ तले घरको छतबाट एक पुरुषले हाम फालेको र उनी घाइते भएको प्रहरीले जनाएको छ।
नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने ती पुरूषले भूकम्पको डरले घरको छतबाट हाम फाल्दा दुवै खुट्टामा चोट लागेको र उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। आज बिहान चीनको सीमावर्ति क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ रेक्टरस्केलको भूकम्प गएको थियो।
प्रतिक्रिया
Facebook Comment