माओवादी केन्द्रीय समिति बैठकमा एक सय जनाले धारणा राख्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा एक सय सदस्यले आफ्नो धारणा राख्ने भएका छन्।
गत आइतबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि आज पनि बैठक जारी छ।
बैठक स्मार्ट दरबार ब्यांकेट धुम्बाराहीमा बसिरहेको छ। आजका बैठकमा बोल्न बाँकी रहेका एक जना केन्द्रीय सदस्यले धारणा राख्दैछन्। हिजो ८० जनाले धारणा राखेका थिए।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। जसमा प्रत्येक केन्द्रीय सदस्यलाइ बोल्न ३–३ मिनेटको समय निर्धारण गरिएको छ।
प्रचण्डले युद्धकालमा र संविधान जारी अघि उठाएको ‘आत्मनिर्णयको अधिकार र जातीय पहिचानको मुद्दा’ ब्यूत्याएर जानु पर्ने तर्क पुनः गरेका छन्।
गत स्थानीय तहको उपनिर्वाचनवाट उत्साही भएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन एक्लै होमिने, सत्य निरूपण मेलमिलाप आयोगमा सत्तारूढ दल नेकपा एमालेले असहयोग गरेको, आफ्नो तेस्रो कार्याकालमा भ्रष्टचारविरूद्ध र सुशाषनको पक्षमा उभिँदा जनता र पार्टी कार्यकर्तामा उत्साह छाएको जस्तो विषय समेटेर प्रतिवेदन पेस गरेका छन्।
जसमा केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्। बैठकमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई पुनः पार्टीमा फर्काउने तयारीका बारेमा भने विरोध गरिएको छ।
Facebook Comment