भारतमा माओवादीको आक्रमणमा ९ सुरक्षाकर्मी मारिए

डिसी नेपाल
२३ पुष २०८१ १३:०५

काठमाडौं । छत्तीसगढमा माओवादी प्रभावित विजापुरको कुत्रु बेन्द्रे सडकमा संदिग्ध माओवादीले गरेको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रहरीका अनुसार यो आक्रमण आईईडी विष्फोटबाट गरिएको हो ।

बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले भनेअनुसार दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफ जवानहरूको टोली माओवादी अपरेशनबाट फर्किंदै गर्दा आक्रमण भएको थियो।

प्रहरीका अनुसार सोमबार दिउँसो सिपाहीको टोली कुत्रु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा सुरक्षा बलको गाडीमा बम विष्फोट भएको थियो ।

विस्फोट यति शक्तिशाली थियो कि ८ जिल्ला रिजर्भ गार्डका जवान र एक चालकको घटनास्थलमै मृत्यु भएको थियो । केही सैनिकहरू गम्भीर घाइते भएको पनि समाचार छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *