क्यानडाका प्रधानमन्त्रीको राजीनामाबारे एलन मस्कको कटाक्ष ‘२०२५ राम्रो देखिँदैछ’
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला र सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्कले क्यानडाका प्रधानमन्त्री जस्टिस ट्रुडोको राजीनामाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।
डोनाल्ड ट्रम्पको नयाँ अमेरिकी प्रशासनमा सरकारी दक्षता विभागको जिम्मेवारी सम्हाल्न लागेका मस्कले ट्रुडोको राजिनामाप्रति कटाक्ष गर्दै सोसल मिडिया प्लेटफर्म एक्समा लेखे, “२०२५ राम्रो देखिँदैछ । ट्रम्पले जिते । ट्रुडोले राजीनामा दिए । कियर स्टारमरको पर्दाफास भइसकेको छ ।”
“नाइब बुकेलेले एल साल्भाडोरमा ९५ प्रतिशतले अपराध घटाएका छन् । जेभियर मिलीले २००८ पछि पहिलो पटक सरप्लस जुटाएको छ। शानदार व्यक्तिहरूले प्रगति गरेका छन्। र, सही समयमा। हामीलाई तिनीहरूको आवश्यकता हुनेछ।”
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । तर, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन् ।
Facebook Comment