तिब्बतमा शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९५ पुग्यो

डिसी नेपाल
२३ पुष २०८१ १४:३३

काठमाडौं । चीनमा शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९५पुगेको छ । चीनको सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्कले मृतकको संख्या बढेको जानकारी दिएको हो ।

मङ्गलबार बिहान तिब्बतको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा शक्तिशाली भूकम्पमा गएको थियो । चीनका राष्ट्रपति सी जिनपिङले भूकम्पमा परेका जीवन बचाउन र हताहतीलाई कम गर्न उद्धारका सबै संयन्त्र प्रयोग गर्न निर्देशन दिएको सिन्ह्वाले जनाएको छ ।

क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार उद्धार कार्य जारी छ र मृतक तथा घाइतेको संख्या बढ्ने अनुमान गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *