फ्रान्सेली राष्ट्रपति म्याक्रोनले एलन मस्कमाथि गम्भीर आरोप लगाए

डिसी नेपाल
२३ पुष २०८१ १४:५९

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पनि विश्वको सबैभन्दा धनी व्यक्ति र टेस्ला र सोशल मिडिया प्लेटफर्म एक्सका मालिक एलोन मस्कको आलोचना गर्ने नेताहरूमा सामेल भएका छन्।

उनले भने, “विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको मालिकले एउटा अन्तर्राष्ट्रिय प्रतिक्रियावादी आन्दोलनलाई समर्थन गर्ने र जर्मनीलगायत धेरै देशको चुनावमा प्रत्यक्ष हस्तक्षेप गर्छ भन्ने दस वर्षअघि कसले सोचेको थियो ?”

विभिन्न देशका लागि फ्रान्सेली राजदूतहरूलाई सम्बोधन गर्ने क्रममा म्याक्रोनले मस्कको नाम लिएनन् तर धेरै देशको चुनावमा उनको हस्तक्षेपको कुरा गरे।

म्याक्रोनको मस्कसँग राम्रो सम्बन्ध छ। भर्खरै उनले नोट्रे डेम क्याथेड्रलको पुन: उद्घाटनको अवसरमा मस्कलाई निम्तो दिएका थिए।

यसअघि जर्मन सरकारका प्रवक्ताले मस्कको नाम लिएर मतदातामा मस्कको सीमित प्रभाव रहेको बताएका थिए । उनले भने, “यो देशमा सामान्य, बुद्धिमान र सभ्य मानिसहरु धेरै छन्।”

जर्मनीमा अर्को महिना मध्यावधि चुनाव हुँदैछ। यसअघि बेलायती प्रधानमन्त्री केयर स्टारमरले एलन मस्कले बेलायती सरकारमाथि गरेको टिप्पणीको प्रतिक्रिया दिएका थिए ।

पत्रकारको प्रश्नको जवाफमा उनले एलन मस्कको नाम नलिई मन्त्री जेस फिलिप्सको बचाउ गरे । उनले भने “जेसले आफ्ना आलोचकहरू भन्दा पीडितहरूको लागि हजार गुणा बढी गरेका छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *