प्राधिकरण सञ्चालक समिति बैठकमा उपस्थित् भएनन् ऊर्जामन्त्री र सचिवहरू

डिसी नेपाल
२३ पुष २०८१ १५:५२

काठमाडौं । आज नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक बसे पनि सञ्चालक समिति अध्यक्ष ऊर्जामन्त्री दीपक खड्का अनुउपस्थित नभएपछि निर्णयविहीन भएको छ।

प्राधिकरणको वित्तीय विवरण पारित गर्ने भनिएको बैठक मन्त्री खड्का र ऊर्जासचिव सुरेश आचार्य तथा राजस्व सचिव दिनेशकुमार घिमिरे अनुपस्थित भएपछि अनिर्णीत बनेको हो। निजी क्षेत्रको प्रतिनिधित्व गर्ने भरतराज आचार्य पनि मंगलबारको बैठकमा अनुपस्थित भएका छन्।

सञ्चालक समितिका अध्यक्ष, दुई सचिव र निजी क्षेत्रको प्रतिनिधि सहभागी नभएपछि ८ सदस्यीय प्राधिकरण सञ्चालक समिति बैठकमा चार जना मात्र उपस्थित रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *