ठूला कुरा गरे बिन्दा र उषालाई पनि पार्टीबाट निकालिदिन्छु : ओली

डिसी नेपाल
२३ पुष २०८१ १६:२१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ठूला कुरा गर्नेलाई निकालिने चेतावनी दिएका छन्। तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठक समापन सत्रमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले उक्त कुरा बताएका हुन्।

बैठकमा ओलीको कार्यशैलीको चर्को आलोचना भएको थियो। पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन र दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता हुनुपर्ने मागसमेत बैठकमा उठेको थियो।

तर, त्यसको जवाफ दिँदै ओलीले कारबाही पुर्नविचार/पुनरावलोकन नहुने बताए। ‘उनीहरूलाई कारबाही गर्न ढिलो भयो। पिलो निचोरिँदैमा वजन घट्दैन। उनीहरूमाथिको कारबाही पुनर्विचार हुँदैन,’ उनले भने।

उनले बिन्दा र उषाको प्रतिक्रिया हेर्दा ६ महिना पर्खिन सकिने जस्तो नरहेको बताएका छन्। उनले अर्को बैठकमा पार्टीबाट बिदाको निर्णय हुनसक्ने चेतावनी दिएका छन्। उनले चम्केर नबोल्नसमेत आग्रह गरेका छन्।

विन्दा र उषाले कहिल्यै पार्टीको पक्षमा नबोलेको ओलीको आरोप छ। ‘उहाँहरू पार्टीको पक्षमा बोल्नु हँदैन। विरुद्धमा मिडियामा बोल्दै हिँड्नु भएको छ। फेसबुकमा, टिभीमा, युट्युबमा धाउने, एनजिओका डलर खाँदा स्वाभिमानी भइन्छ? ठूला कुरा गर्ने?,’ आक्रोसित हुँदै ओलीले भने।

आफू अछाम पुग्दा कांग्रेसका नेता फूल ल्याएर आएको तर रावल नदेखिएको ओलीको आक्रोस छ। उनले रावललाई झगडा गरेर खान सिपालु व्यक्ति भएको आरोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *