हवाई टिकटको मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्छ: मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटनमन्त्री पाण्डेले त्यसका लागि नेपालकाे आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने बताएका हुन्। ‘हवाई जहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नु आवश्यक छ। त्यसका लागि हामीले काम गरिरहेका छौँ,’ उनले भने।
मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाकाे अवधिसहित निर्देशन दिएकाे पनि जानकारी दिए।
प्रतिक्रिया
Facebook Comment