साना किसान लघुवित्तको २३ औं वार्षिक साधारणसभा सम्पन्न, सभामा १४ प्रतिशत लाभांश पारित

डिसी नेपाल
२४ पुष २०८१ ८:४१

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १४ प्रतिशत लाभांश पारित गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७९–८० मा ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०–८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आव २०७९–८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०–८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०।७ प्रतिशत गरी १४ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

संस्थामा मुलुकका ७७ जिल्लाका ५ सय ४६ स्थानीय तहमा १ हजार ६ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *