कीर्तिपुरमा नाक र कान किन काटियो ?
पृथ्वीनारायण योद्धा हुन्। योद्धाले युद्धधर्म निभाउँछ, युद्धद्वारा गौरव बढाउँछ। पृथ्वीले रहर, उन्माद र प्रशंसाका लागि होइन नेपालका लागि, अस्मिता जोगाउनका लागि, विरासत बचाउनका लागि युद्ध लढे। उपत्यकाका मल्ल राज्यलाई जितेपछि उनी रणमैदानमा नउत्रे पनि युद्धको साँटगाँठ उनैको हातमा थियो।
मान्छे मारेर होइन मन जितेर माटो (राज्य) लिनुपर्छ भन्ने उनको ध्येय नुवाकोटपछि नै जागेको देखिन्छ। बेलकोटमा जयन्त रानाको छाला काड्नु र कीर्तिपुरुको युद्धमा उनका सैनिकले केहीको नाकमा चिह्न लगाउने कार्य अवश्य पनि दशवर्षे युद्धले १७ हजारको रगत पिएजस्तो हिंस्रक थिएन।
योद्धाले भाला लिन्छ माला लिएजस्तो व्यवहार गर्दैन। जयप्रकाश मल्लले नुवाकोटबाट बेलकोटसम्मको भूभाग गोरखामा गएपछि ढिलोचाँडो उनीहरु उपत्यका आउने तथ्यलाई बुझिसकेका थिए। उनले गोरखालीहरू विरुद्ध एक हुन भक्तपुर र ललितपुरलाई आह्वान गरे।
भक्तपुरका राजा रणजित् मल्ल पनि वि. सं. १८११ मा नालदुम र महादेवपोखरी आपूmलाई नदिएकोले पृथ्वीनारायणदेखि चिढिसकेका थिए। कीर्तिपुर आक्रमणबारे कालु पाँडे तुरुन्तै युद्ध गर्नु हुन्न भन्ने पक्षमा थिए। तथापि पृथ्वीनारायणले वि. सं. १८१४ जेष्ठ १९ गते गोरखालीहरूले दहचोकबाट कीर्तिपुरमा हमला गरे।
कान्तिपुर, ललितपुर र भक्तपुरका एक हुँदा गोरखालीहरूको केही लागेन, काजी कालु पाँडे पनि मारिए। कीर्तिपुरको एक सिपाहीले पृथ्वीलाई काट्न लाग्दा अर्को सिपाहीले- राजालाई राजाले काट्नुपर्छ, हामीले राजालाई मार्नु हु; भनी रोकेपछि बाँचे। उपत्यकाका तीन राज्यहरूलाई बीच द्वन्द्व सृजना नगरी जित्न सकिँदैन भन्ने तथ्य पृथ्वीले बुझे।
ललितपुरको राजपाठ कहिले जयप्रकाश, कहिले रणजित्, कहिले ६ प्रधान, कहिले तेजप्रकाशले डोर्याउनाले अस्थित बन्दै गएको थियो। नाकाबन्दीले गलाएपछि पृथ्वीले पुनः युद्धको तयारी गरे। कीर्तिपुर हमलाअगाडि पाँगा र चोभार उनले दखल गरे।
दोस्रोपटक वि. सं. १८२१ असोज ४ गते शूरप्रतापको नेतृत्वमा गोरखाले कीर्तिपुरमाथि आक्रमण ग¥यो। तथापि विजयलक्ष्मी उनीहरुको हात पर्न सकेनन्। शुरप्रताप शाहको देब्रे आँखा फोडियो, दलजित् घायल भए, गोरखालीसेनाको हताहति भयो।
तेस्रोपटक वि. सं. १८२२ असोज ४ गते वंशराज पाँडेलाई कीर्तिपुर आक्रमण गर्न पठाए। कीर्तिपुरका सेनाध्यक्षकै छोरालाई गोरखालीले पहिले नै बन्दक बनाएर राखेको हुँदा यसपटक त्यहाँ कुनै रोकावट भएन अर्थात् युद्ध भएन।
बिहान गोरखाली सेना एकपछि अर्को शौचालय जाँदा नफर्केपछि शंका भयो र हेर्न जाँदा कीर्तिपुरे युवाहरुले काटेको देखेपछि ती युवाहरु पक्रिएर नाकमा चिह्न लगाएको इतिहासले संकेत गर्छ। पृथ्वीकै कवि ललितावल्लभले-‘कश्चिन् विरुपिणः’ अर्थात् केही व्यक्तिलाई विरूप बनाएका लेखे। धेरैको नाक काटिएको भए कश्चिन् नभनी बहून् लेख्थे।
कर्क प्याट्रिकको पुस्तकमा ‘यस्तो ‘सुनेँ’ जस्ता शब्द प्रयोग हुनु, उनलाई नेपालीभाषाको ज्ञान नहुनु, शिलालेख र अभिलेख पढ्न नसक्नुजस्ता कारणले उनका पुस्तक इतिहास नभई प्रतिशोधको फिरिस्त भयो। तोप र पोप लगाएर भारतवर्ष खाने अंग्रेजका रणनीति पृथ्वीनारायणमाथि काम नलागेपछि इतिहास र नेपाली स्रष्टामाथि पाश्चात्यहरूले कलमको प्रहार गरे।
इतिहास शिरोमणि बाबुराम आचार्यले कीर्तिपुरमा ८-१० दश जनाको नाक काटियो होला भन्नुभएको छ। पृथ्वीनारायणले उपत्यका विजय गरी साधुको वेशमा राजनीति गर्ने ६० जना क्रिस्चियन पादरीहरूलाई निकालिदिए पछि पादरी जिसेप्पीले-“पृथ्वीनारायण भनेका बर्बर शासक हुन्, कीर्तिपुरका सयौँ मान्छेका नाक काटिदिएका छन्।” भनी प्रचारप्रसारमा जोडबल लगाए।
सिन्धुलीबाट लखटिएका, अपूर्णनीय सैन्य क्षति भएको प्रतिशोधको हिसाबकिताब मिलाउँदै क्रिस्चियनले नाक काटिएको प्रकारणलाई बढोत्तरी गर्न थाले। नेपाल अंग्रेज युद्धपछि अर्थात् सुगौली सन्धीपछि नेपाल आएका हड्सनले नाकको परिमाण १७ धार्नी बनाए।
क्रिश्चियनहरुलाई यतिमा धित मरेन र ३५ हजार किरात मारे, लिम्बूलाई सखापै पारे, किरात क्षेत्रका झण्डै नौ लाखलाई ढिँकीमा कुच्याएर मारे भन्ने दस्ताबेज तयार पारी पृथ्वीबाट विमुख गराए, धर्मपरिवर्तन भएकालाई रटाए।
विश्वविजेता बेलायतलाई सिन्धुलीबाट लखेट्नु, क्रिश्चियनलाई उपत्यकाबाट निस्कासित गर्नुजस्ता राष्ट्रवादी काम गर्ने अंग्रेजलाई सह्यै थिएन, त्यसैले पृथ्वीमाथि झूठा र कपोलकल्पित कुराहरू प्रचार गरेर यसक्षेत्रका सपुतको बेइज्जत गर्न खोजे। यो इतिहासमाथिको आक्रमण हो, पुर्खाहरुको हत्या हो, वीरहरुको अपमान हो, हामीलाई बदनाम गर्ने षड्यन्त्र हो।
नेपालको इतिहासमा बदनाम गराउने विदेशी लेखकमध्ये एक हुन् कर्क पेट्रिक। नेपाल चीनको लडाइँमा वि. सं. १८४९ मा अंग्रेजको दूत भई उनी नेपाल आएका थिए। कर्क पेट्रिकले नेपालको इतिहासमा भन्दा यहाँका बाटोघाटो, राजनीति, प्रशासन, धर्म आदितिर बढ्ता चाख लिएको देखिन्छ।
यी र यस्तै लेखकका विचारपछि अन्धो भई दौड्ने हाम्रा लेखक एवं इतिहासकारहरूको कारण पृथ्वीनारायणको मूल्यांकन न्यायिक रुपमा हुन सकेन। पृथ्वीमाथि कलम चलाउँदा उनका पत्रहरु पढ्नुपर्ने, कोटहरु हेर्नुपर्ने, तात्कालिक हतियारहरु हेर्नुपर्ने, शिलालेख र ताडपत्रमा लेखिएका सत्यतथ्य अध्ययन गर्नुपर्ने विषयलाई बेलायत साम्राज्यका लेखकहरूले पूर्णरूपमा बिर्सिएको पाइन्छ।
कर्क प्याट्रिकको पुस्तकमा ‘यस्तो ‘सुनेँ’ जस्ता शब्द प्रयोग हुनु, उनलाई नेपालीभाषाको ज्ञान नहुनु, शिलालेख र अभिलेख पढ्न नसक्नुजस्ता कारणले उनका पुस्तक इतिहास नभई प्रतिशोधको फिरिस्त भयो। तोप र पोप लगाएर भारतवर्ष खाने अंग्रेजका रणनीति पृथ्वीनारायणमाथि काम नलागेपछि इतिहास र नेपाली स्रष्टामाथि पाश्चात्यहरूले कलमको प्रहार गरे।
कीर्तिपुरेको नाकमा लगाएको चिह्नलाई भुलेर आफ्नै नाक र कान थपेर धार्नीका धार्नी बनाए। अवसरको लाभ लिने डरवादी कलम, अराष्ट्रिय सञ्चारमाध्यम, विधर्मीका संगठनहरु हात धोएर आफ्नै इतिहास सक्न, पुर्खाहरुलाई पत्तासाफ गराउन दौडिरहेका छन्।
Facebook Comment