सुनको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुनको भाउ १ लाख ५२ हजार ५०० रुपैयाँ रहेको थियो।
यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १८ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँ ३० रुपैयाँ कायम रहेको थियो।
प्रतिक्रिया
Facebook Comment