‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी

डिसी नेपाल
२५ पुष २०८१ ११:३८

काठमाडौं। ‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने भएका छन्। नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको यो सिजन ९ हो।

प्रतियोगीताको फाइनलका लागि छनौट चरणको बिभिन्न अडिसनबाट ३० फिमेल र १८ मेल गरेर ४८ प्रतियोगी छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

छानिएका प्रतियोगी अब एक महिनाको प्रशिक्षण सहित फाइनलको तयारीमा लाग्नेछन्। प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ।प्रतियोगीको कोरियोग्राफी कोरियोग्राफर सबिता कार्कीेले गर्नेछिन्।

प्रतियोगितामा सहभागीका लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ प्रावधान रहेको थियो। सोही अनुसार प्रतियोगी छानिएका हुन्।

प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा आगामी सेब्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ। प्रतियोगीताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने अध्यक्ष धमलाको विस्वास रहको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *