श्रीमती धरौटीमा छुटेको भोलिपल्टै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
काठमाडौं । एमालेका सांसद तथा संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । ढषिकेश पोखरेलकी फरार श्रीमती अदालत हाजिर भएर १० लाख धरौटीमा छुटेको भोलिपल्टै उनका स्वकीय सचिव पक्राउ परेका हुन् ।
अनिलमाथि छोरीलाई एमबीबीएस पढ्न नाम निकालिदिने प्रलोभन देखाएर सप्तरीका एक अभिभावकसँग ३८ लाख ८० हजार रूपैयाँ लिएको आरोप छ । अनिललाई जिल्ला प्रहरी कार्यालय नजिकैबाट बिहिबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । ।
ऋषिकेशकी पत्नी अन्जला कोइरालामाथि पनि सहकारी ठगीको आरोप लागेको छ । गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी १० लाख धरौटी बुझाएर छुटेकी थिइन् ।
Facebook Comment