कविता : न्याउली चरी सरी
पानी पर्यो रिम झिम बादलुको घेरो
दिन रात रुनु पर्ने कर्म रै छ मेरो
दाल खानु बटुकीमा भात खानु थालमा
कस्ले मलाई फसाइ दियो झुटो माया जालमा।
भैंसी चर्यो रन वन गाई चर्ने पाखो
घरमा सुन्छु रुखो वाचन छुट्छ मलाई डाको
आकाशमा घाम लाग्यो पातलमा छाया
घरमा सबै रिसाउने कस्ले गर्छ माया?
पोखरीमा फुली गयो कमलको फूल
माया जालमा किन फस्नु यहीँ ठूलो भुल
हिउ पर्यो हिमालमा टलल छाया
जीवन भरि लाग्छ मलाई माताजीको माया।
स्वर्ग जाने बाटो खोज्छु भेटिदैन कहि
रुदै रुदै बस्नु पर्यो जीवन भरि यहि
भात ढिडो खाँदा खेरी लाग्छ मलाई माटो
देखाइदेउन् भगवान स्वर्ग जाने बाटो।
पानी पर्यो दर दर जिउ भिज्यो सारा
दुईटा छोरा तीन्टी छोरी प्राण भन्दा प्यारा
कुहिरोमा हराएर कराउँछ काग
त्यस्तै भयो जिन्दगी यो मेरो पनि आज।
माथि माथि आकाशमा बादलुको घेरो
काँडै काँडाले जेलिएको जीवन रै छ मेरो
न्याउली रुन्छे दिन रात विलाप गरी गरी
म पनि त भएँ आज न्यनउली चरी सरी।
सुन्दरहरैंचा -६ ,दुलारी, मोरङ
प्रतिक्रिया
Facebook Comment