ओपनएआइका सीइओ साम अल्टम्यानलाई आफ्नै बहिनीले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाइन्

डिसी नेपाल
२५ पुष २०८१ १२:४९

काठमाडौं । च्याट जीपीटी बनाउने कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छिन् ।

यस मामिलामा सामकी बहिनी एन अल्टम्यानले उनीविरुद्ध मुद्दा दायर गरेकी छिन् । सामले यी आरोपहरू अस्वीकार गरेका छन्।

एन अल्टम्यानले दावी गरेअनुसार साम अल्टम्यानले सन् १९९७ देखि २००६ सम्म आफूलाई यौन दुर्व्यवहार गरेका थिए।

यो मुद्दा ६ जनवरीमा मिसौरी राज्यको जिल्ला अदालतमा दायर गरिएको हो । आरोपअनुसार यो सबै सुरु हुँदा एन ओल्टम्यान मात्र तीन वर्षकी थिइन् र साम अल्टम्यान १२ वर्षका थिए।

साम अल्टम्यान ओपन एआईका सीईओ हुन्। ओपन एआई आफैंले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट च्याट जीपीटी सिर्जना गरेको छ।

साम अल्टम्यानले यस विषयमा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्ना दुई दाजुभाइ र आमासँग संयुक्त वक्तव्य जारी गरेका छन् । यसमा उनले बहिनीले लगाएको आरोप अस्वीकार गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “सबै दाबीहरू पूर्णतया गलत छन्।”

साम अल्टम्यानले आफ्नी बहिनीलाई आर्थिक रूपमा सहयोग गर्ने, उनको बिल तिर्न र भाडा तिर्न सहयोग गर्ने गरेको बताएका छन् । उनका अनुसार उनी निरन्तर थप पैसा मागिरहन्छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *