कविता : हाम्रो नेपाल र नेपाली
नेपाल हाम्रो देश नेपाली हाम्रो देश
यो उत्तरमा हिम शृंखलाले घेरेको देश
अग्ला पहाडमा राताम्मे गुँरास फुलेको देश
घरका आँगनमा सयपत्री र मखमल फुलेको देश।
संसारमा कहिलेपनि उपनिवेश नबनेको देश
वीर गोर्खालीको नामले प्रख्यात भएको देश
सम्पूर्ण नेपालीले दौरा सुरुवाल लाएको भेष
टुपुक्क सिरमा जंगीछाप भादगाउँले टोपी लगाइ
पटुकामा खुकुरी भिरी बिश्वलाई चिनाउने नेपाल।
नेपाल एक गौरवशाली देश जुन देसका वीर
गोर्खाली सपुतहरुले बिश्व युद्धमा पाएको भिसी
तक्मादेखि बिश्व साम्राज्य हाक्ने बेलायतका
महाराज र महारानी देख्ने बित्तिकै सिर झुकाउने देश।
सारा संसारमा इमान्दारी पूर्वक काम गर्नेको देश
यो देश आराध्य देब पशुपतिनाथको निवासको देश
बिश्व प्रशिद्ध भगवान गौतम बुद्ध जन्मिएको देश
सारा देवी देबताहरुले बास गरेको पबित्र र पाक देश।
सम्पूर्ण जातजातिहरु सह-अस्तित्वमा बाँचीरहेको देश
सहिष्णुता र इमान्दारीताले भरिपूर्ण भएको यो देश
नेपाली भै नेपालमै रहने र आफ्नो सुख दुखमा हाँसी
ऋषि मुनिहरूको जीवनशैली र सन्देशमा बिताउने यो देश।
यो देश नेपाल पुर्खाले कमाएको सुन्दर र शान्त देश
वीरयोद्धा पृथ्वीनारायण शाहले आज्र्याको अधिराज्यको देश
नेपाली भइ बाँच्न पाउने यो हिम शृंखलाको देश
सानो भएपनि सुन्दरशान्त र बिशालताले सजिएको देश।
अरु यसलाई बिशाल नेपाल बनाउने अभियानमा लागेको देश
१०४ बर्षको क्रुर राणाशाशनको चंगुलबाट आजाद भएको देश
प्रजातन्त्र प्राप्तिको लागि आफ्नो ज्यानको बाजी लगाउने देश
सहिद गंगालाल, शुक्रराज, धर्म भक्त र दशरथ चन्दको रगतले
लत्पतिइ शृंगारिएको यो हाम्रो देश।
यस्तो देश बिग्रँदाको अवस्थाको आजको देश
नेपालीहरुले अनाहकमा दुख पाइरहेको दुखी देश
सारा युवाहरुलाई बिदेस पठाइ हाल भएका शिर्षस्थ नेताहरु,
बिचौलियाहरु र माफिया तन्त्रले रत्यौली खेलीरहेको देश।
हरेक बर्ष सात खरबले वृद्धि हुँदै तीस खरब ऋण बोक्नेयो देस
ऋण काटी काटी करोडौं करोडको बंगला बनाउने र करोडौँ
करोडको गाडी मोटर चढ्ने राष्ट्रघाती धनी नेताहरुको देश
बिस्तारै भूराजनैतिक चपेटामा फस्न गइरहेको देश।
चीन, भारत र इन्डोपश्चिमा देशहरुले धावा कसिरहेको देश
यो देशको करुण अवश्था हेर्दा कुन चाहिँ देश प्रेमीले आगो
न ओकल्दा होलान्
यसको दुर्दशाले कुन नेपाली नरोएका होलान्
यहाँको सहिद आज धुरु ध्रुरु नरोएका होलान्।
को भोलिका कर्णधार नेपालीहरु नरोएका होलान्
को अब बिदेश नजाने होलान
आज नेपाल र नेपाली एकसाथ बसी कति रोएका होलान्
के हाम्रो नेपाल र हामी नेपालीको बर्तावान यस्तै हो र
भबिष्यपनि यस्तै हो ?
आउँ सम्पूर्ण मिलौं, हातमा हात समातौं र हाम्रा पिता
पुर्खाले जोगाएको यो भूमिलाई जोगाइ सुन्दर शान्त र बिशाल
एक चोटी फेरि बनाउँ र नयाँ नेपालको निर्माण गरौँ र नेपाल
र, नेपालीहरुलाई सुन्दर सुशील र शान्त बनाउँ।
बिबेक ज्ञान र बुद्धि
मानिस भइ जन्मेका छौं, बिबेक मनमा लिउँ
ज्ञानीको संगतमा लागी, ज्ञानबान बनी देउ।
नराख क्लेश यो मनमा, बिचार लिनु धर्मको
आशा नराख मनमा गर्दै जाउ काम सुकर्मको।
ज्ञानी त्यो ज्ञानको स्वामी सर्बत्र कहलाउँछ
समाज उनैको पछिपछि अगाडि अघि बढ्दछ।
साधारण बनी जो ज्ञानी सन्देश उ फैलाउँछ
ज्ञानको ज्योतिले उसको शरीर झल्मलाउँछ।
बिबेक, ज्ञानको सिँढीमाथि बुद्धिको दिब्य आशन
त्याे आशनमा बसी मानिस गर्छन् बिबेकको शासन।
आत्मा मनको शुद्ध त्यो बिबेकले दिलाउँछ
भित्र हृदयको ईश्वरले खुल्लारुप त्यो देखाउँछ।
राजा हो या रंक सबै एकै यसले दर्शाउँछ
गरीब धनी जो जो छन् यसले एकै देखाउँछ।
ज्ञानको त्यो उचाईमा बिबेकले पुर्याउँछ
भक्तिको भाब झल्किइ त्यसले ज्योति जगाउँछ।
बिबेक ज्ञानको मिलनले पूर्ण बुद्धि जुटाउँछ
बुद्धि पूर्ण ज्ञानले प्राज्ञको आशनमा पुर्याउँछ।
बास त्यो स्वर्गको तुल्य उचाईमा उडाउँछ
भक्ति ज्ञान र बिबेकले परमानन्दमा पुर्याउँछ।
लौ के चाहिन्छ हामीलाई त्यो भन्दा परको घर
राखी समाती यहीँ राख यसैको छ सबै भर
राखी समाती यहीँ राख यसैको छ सबै भर।।
डुब्न लागेको सूर्य
उज्यालो सूर्यको तेज निन्द्राबाट उठे सरी
बिशाल ब्रम्ह त्यो आकास बिस्तारै सर्दै गरी।
झुल्क्यो आकासमा सूर्य लालिमा फैलाउँदै
खुल्यो आकाश पूर्णभै आफ्नो शक्ति देखाउँदै।
तापको राप खोपेर तेज आकास फैलियो
चन्द्रमा जुन तारा सब आकासमा बिलियो।
सूर्यको ताप त्यो हेर पातमा टल्किने कण
रंगाइ हरियो पात उठी काम कर्मको दिन।
चिसो धर्ती बन्यो तातो हिमाल ती चम्किए
सारा किशान उद्योगी काम कर्ममा लम्किए।
उज्यालो नभको हेर त्यो तिल्म्लाउँछ सबैतिर
सूर्यको शक्ति त्योहेर उज्यालो छ पृथ्वी तल।
समयको चक्रमा हेर सूर्यको तेज मलिन भो
अस्ताउँदो सूर्यको त्यो तेज कता हो बिलीन भो।
चम्किला हिउँका टुक्रामा निशाको उदय भयो
बिस्तारै दिनको सूर्यको तेज मुख मलीन भैगयो।
कसैको पनि देखिन्न एकै नास समुन्नती
अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति।
आखीर आँखाको दूर नानीमा छोडी सबै मरेसरी
डुब्यो त्यो सूर्यको तेज अर्को आकासमा उदाउने गरी।
उदाउँदो सूर्यको त्यो तेज अस्ताचलमा पुगी सक्यो
घुम्टो खोली चन्द्रको मुख आकासमा खुली गयो।
अर्को दिनको पर्खाईमा सूर्य पश्चिमाकासमा लुकिगयो
सारा भूमिमा भिजेको उज्यालो अध्याँरोमा सुकिगयो।
Facebook Comment