बोटलर्स नेपालको आज एजिएम, सभामा ५० प्रतिशत लाभांश प्रस्ताव पेश गर्दै

डिसी नेपाल
२६ पुष २०८१ ८:५०

काठमाडौं । बोटलर्स नेपाल (तराई) ले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएका छ । कम्पनीको साधारण सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा दिउँसो १२ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले ५० प्रतिशत नगद लाभांश ९कर सहित० प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

बोटलर्स नेपाल (बालाजु)को साधारण सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा साँझ ४ बजे सुरु हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *