डिप्रोक्स लघुवित्तले आज सभा बोलायो

डिसी नेपाल
२६ पुष २०८१ ९:११

काठमाडौं। डिप्रोक्स लघुवित्तले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएका छ । कम्पनीको वार्षिक साधारण सभा होटल सेभेन स्टार लिमिटेड, सौराहामा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

कम्पनीले सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *