सुनको मूल्य वृद्धि

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।
बिहीबारको तुलनामा आज प्रतितोला सुनमा आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि पाँचले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुन आज एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ।
प्रतिक्रिया
Facebook Comment