रवि काठमाडौं अदालतमा आइतबार उपस्थित हुने

डिसी नेपाल
२६ पुष २०८१ १६:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्।

कास्की जिल्ला अदालतबाट सूर्यदर्शन सहकारीको मुद्दामा बिहीबार ६५ लाख रुपैयाँ धरौटी रिहा भएका लामिछाने काठमाडौंमा पनि सहकारीकै मुद्दामा आइतबार अदालतमा हाजिर हुने भएका हुन्।

लामिछानेविरूद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दा छ। उनलाई शुक्रबार काठमाडौं अदालतमा उपस्थित हुन भनिएको थियो।

रवि सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै अदालतमा हाजिर हुने रास्वपाका नेता दीपक बोहोराले जानकारी दिए। उनका अनुसार अहिले रवि काठमाडौं आउँदै छन्। उनी आइतबार बिहान ८:३० मा नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *