सर्वोत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। सर्वोत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ। सभामा कम्पनीले सेयरधनीहरूका लागि लाभांश वितरणसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले ३२ करोड ५५ लाख बराबरको बोनस सेयर र ३ प्रतिशतका दरले १३ करोड ९५ लाख नगद लाभांश ९लाभांश करसहित० वितरण गर्ने निर्णय गरेको हो।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत भएको छ।
प्रतिक्रिया
Facebook Comment