अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही चयन

डिसी नेपाल
२९ पुष २०८१ ७:१२

कतार। अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशन संघीय परिषद सदस्य बुधवल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

नेता बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको कतारस्थित भातृ संगठनका अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशनकोबाट गोरखा सतिपिपल घर भइ हाल कतारमा व्यावसाय गर्दै आएका राजाराम शाही आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

पार्टीको संघीय परिषद सदस्यसमेत रहेका प्रमुख अथिती बुधवल गुरुङको रोहवरमा भएको बन्दसत्रले वरिष्ठ उपाध्यक्षमा ध्रुब क्षेत्री, उपाध्यक्षमा रामजी सुवेदी, पुष्पराज भण्डारी, सरोजकुमार महतो, रामचन्द्र गिरी महिला उपाध्यक्षमा ललिता बोहरा,महासचिवमा नवीन निरौला, सचिबमा नरबहादुर गुरुङ, रुद्रबहादुर कटुवाल लोकेन्द्रबहादुर कार्की कोषाध्यक्षमा खड्ग बहादुर बुढा र सह-कोषाध्यक्षमा प्रेमकुमार गुरुङलाई पदाधिकारीमा निर्बाचित गरेको हो।

संगठनले कार्यसमिति सदस्यहरुमा बिष्णुहरि मरिहट्टा, कृष्णप्रसाद देबकोटा, बिष्णु बि.क, खगेन्द्र कुमार मगर, उत्तम भित्रिकोटी, पूर्णबहादुर गुरुङ,ढकेन्द्र कार्की,अमित बि.क, बसिर रैन, सूर्यबहादुर गुरुङ, श्रवण महतो गरि एघार जनालाई राष्ट्रिय सदस्यमा चयन गरेको छ।

दोहोको वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशन बिधिगत रुपमा कार्यक्रमका सभापति तथा प्रमुख अतिथी लगायत अन्य बिशिष्ट ब्यक्तित्वहरुले सानो बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरिएको थियो।

अधिवेशनमा भट्टराई समर्थक,आस्थावान लगायत कतारमा स्थापित विभिन्न बैचारिक सगंठन, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *