मेरो माइक्रोफाइनान्सको माघ ४ गते वार्षिक साधारण सभा

डिसी नेपाल
२९ पुष २०८१ ८:१९

काठमाडौं। मेरो माइक्रोफाइनान्सको माघ ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०. ३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, कम्पनीमा रहेको संस्थापक सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४०.६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याउने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम रहेकासेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन सक्नेछन् । सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा विहान साढे ११ बजे सुरु हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *