फेरि बढ्यो सुनको भाउ

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउ १०० रुपैयाँले बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको थियो।
यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
प्रतिक्रिया
Facebook Comment