युद्धविराम र बन्धकहरूको रिहाइका विषयमा बाइडेन-नेतन्याहु वार्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइका लागि जारी वार्ताको बारेमा कुरा गरेका छन्।
यो वार्ता डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा हो। ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाएका मानिसहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए।
राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायता बढाउनु पर्ने आवश्यकताबारे पनि कुरा गरेका छन्। यो वार्ता नेतान्याहुको बयानपछि भएको हो जसमा नेतान्याहुले आफूले वार्ताका लागि कतारमा वरिष्ठ प्रतिनिधिमण्डल पठाएको बताएका थिए ।
शनिबार, डोनाल्ड ट्रम्पका मध्य पूर्व राजदूतले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग ट्रम्पको शपथ ग्रहण अघि सम्झौतामा पुग्नको लागि भेटेका थिए ।
डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालयमा पुग्नुअघि नै बन्धकहरूलाई रिहा नगरे ‘विपत्ति हुनेछ’ भनी यसअघि नै भनिसकेका छन् ।
Facebook Comment