गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न

डिसी नेपाल
२९ पुष २०८१ २०:४५

पोखरा। गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

शुक्रबार पोखरामा सम्पन्न भएको साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ। विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५% (कर सहित)को नगद लाभांस सर्वसम्मत पारित गरेको छ।

त्यसैगरि उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु श्री दिलिप प्रताप खाँड, श्री श्याम प्रसाद बस्याल र श्री दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु श्री विमल पाण्डे, श्री शोभाकान्त ढकाल र श्री आयुष्मा कोईराला सर्वसम्मतिबाट निर्वाचित गर्ने निर्णय गरेको छ। साधारणसभा पश्चात लगतै बसेको संचालकहरुको बैठकले श्री दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ। साधारणसभाले पारित गरेको लाभांश २०८१ पौष १७ गते कायम रहेका बैंकका शेयरधनीहरुले नगद लाभांश प्राप्त गर्नेछन्।

बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *