अक्षय कुमारकी हिरोइन भइन् सन्यासी, जो ऐश्वर्या र सुस्मिताको थिइन् प्रतिस्पर्धी
मुम्बइ। ग्लामरको दुनियाले धेरै मानिसहरूलाई आकर्षित गर्दछ। मानिसहरू आफ्नो सामान्य जीवन छोडेर यो संसारको हराउन चाहन्छन्। यसका लागि उनीहरु कडा मेहनत गर्न पनि तयार हुन्छन्। तर केही मानिसहरु यस्ता छन् जो ग्लामरका यी दुनिया देखेयसबाट टाढा जान्छन् र आफुलाइ धर्मको मार्ग लैजान्छन्।
बलिउड अभिनेत्री जायरा वसीम र सना खान यसको उत्कृष्ट उदाहरण हुन्। यो सूचीमा अर्की बलिउड अभिनेत्रीको नाम पनि थपिएको छ। जो कुनै समय मोडलिङको दुनियामा सुस्मिता सेन र ऐश्वर्या राईसँग प्रतिस्पर्धा गर्ने गर्थिन्। त्यसपछि केही यस्तो घटना भयो कि ग्लामरको दुनियाँ छोडेर पुरै सन्यासको बाटो लिइन्। अहिले उनी धर्मको दुनियाँमा गेशे नामग्याल याङ्छेन भनेर चिनिन्छिन्।
यी अभिनेत्री हुन् बरखा मदन। बरखा मदनले सन् १९९४ मा मिस इन्डियामा भाग लिएकी थिइन्। यस वर्ष सुस्मिता सेन र ऐश्वर्या रायले पनि यस प्रतियोगितामा एक अर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका थिए। यस सौन्दर्य प्रतियोगितामा बरखा मदन भने थर्ड रनरअप भइन्। जसले मिस टुरिजम इन्टरनेशनल प्रतियोगिताको उपाधि जित्न पुगिन्।
यसपछि सन् १९९६ मा बरखा मदनले अक्षय कुमार जस्ता नायकसँग फिल्म ‘खिलाडियो का खिलाडी’ मा काम गरिन्। तर, बरखा मदनले आफ्नो पहिचान बनाउन ७ वर्ष कुर्नुपरेको थियो। उनले रामगोपाल वर्माको ‘भूत’ फिल्ममा मनजीत खोसलाको भूतको भूमिका निभाउनने मौका पनि पाइन्। सन् २०१० मा बरखा मदनले निर्माता बन्ने निर्णय गरिन र नयाँ कम्पनी पनि स्थापनासमेत गरिन्। उनले आफ्नो ब्यानरमा ‘सोच लो’ र ‘सुर्खाब’ नामक दुई चलचित्र पनि निर्माण गरेकी थिइन्।
बरखा मदन सुरुदेखि नै तिब्बती बौद्द गुरू दलाई लामाको अनुयायी थिइन् । अन्ततः सन् २०१२ मा उनले आफूलाई पूर्णतया आत्मसमर्पण गरी बुद्धको मार्गमा संन्यास ग्रहण गरिन् । अहिले उनीहरुको घर पनि फरक रहेको छ। उनी जहाँ भएपनि बेला बेलामा इन्स्टाग्राममा विभिन्न तस्विर सेयर गरिरहेकी हुन्छिन र त उनलाइ सम्झना गरिरहेनौं छौं।
Facebook Comment