नेपाल प्रहरीका २५ जना एसपी बढुवामा व्यापक राजनीतिक चलखेल
काठमाडौं। नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस हुँदा व्यापक राजनीतिक चलखेल गरिएको छ। बढुवा सिफारिसमा अब्बल प्रहरी अधिकृतहरुलाई पछि पार्ने र भेगीय क्षेत्रीयताको आधारमा बढुवा सिफारिस भएको आरोप लागेको छ।
कांग्रेस निकट भनेर चिनिएका तर कार्यसम्पादन मूल्यांकनमा सधैं पछि पारिएकाहरु अघि अघि आएका छन्। १५ नम्बरमा रहेका अजय केसीलाई २ नम्बर १७ नम्बरमा रहेका बीरबहादुर बुढालाई ४ नम्बरमा र १६ नम्बरमा नवराज अधिकारीलाई ५ नम्बरमा ल्याइएको छ।
उनीहरु तीन जना सुदुरपश्चिम घर भएका र कांग्रेस निकट नेताहरुको सम्बन्ध भएका प्रहरी अधिकृत भएकै कारण अघि ल्याइएको आरोप लागेको छ। हाल वरियताको दुई नम्बरमा रहेका र अनुसन्धानमा अब्बल अधिकृत कृष्ण कोइरालालाई ६ नम्बरमा पारिएको छ।
त्यसैगरी ३८ नम्बरमा रहेका राजेन्द्र धमलालाई २० नम्बरमा बढुवा गरिएको छ। यसैगरी प्रभु ढकाललाई पनि अघि ल्याइएको छ। सन्तोष खड्का, जनार्दन जीसी र रन्जु सिग्देललाई पनि बढुवामा पछि पारिएको छ।
उनीहरु आफ्नो व्याचमा नेपाल प्रहरीभित्र काविल र विवाद नआएका अधिकृत हुन्। तुलबहादुर कार्की, राकेश सिंह, राजिबबहादुर बस्नेतलाई छुटाइएको छ। दीपक पोखरेललाई छुटाएर धमलालाई अघि तानिएको छ।
एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन्।
त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका छन्।
यसैगरी बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल पनि बढुवा सिफारिसमा परेका छन्।
Facebook Comment