मधेश केन्द्रित दलको बैठकमा उपस्थित भएनन् उपेन्द्र
काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलले मधेशी मोर्चा गठनको कसरत थालेका छन्। सोही अनुरुप उनीहरूले आज छलफल थालेका छन्।
काठमाडौंको धुम्बाराहीको समर्पण एकेडेमीमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलदेखि संसद बाहिर रहेका तराई–मधेस केन्द्रित दल सहभागी छन्। तर, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल बैठकमा सहभागी छैन।
मधेश केन्द्रित राजनीतिक दलको कार्यदलस्तरीय बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य निर्धारण गर्ने र साझा एजेण्डा तयबारे छलफल भइरहेको बताइएको छ।
बैठकमा जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठी,जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्र, जनमत पार्टीका कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा. शरदसिंह यादव, जनता प्रगतिशील पार्टीका डा. भरत थापा, जनता प्रगतिशील पार्टीका मोहम्मद साबिर हुसैन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिल महासेठ, तराई मधेश लोकतान्त्रिक पार्टीका बृज किशोर सिंह (वृषेशचन्द लाल), लोसपा नेपालका मनिष मिश्र, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत नेता सहभागी छन्।
सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेले संविधान संशोधन गर्ने र थ्रेसहोल्ड बढाउने चर्चाका बीच मधेस केन्द्रित दल एक ठाउँमा उभिन थालेका छन्।
Facebook Comment