धनुषाधाममा मकर मेला
धनुषा। यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा आज बिहानैदेखि एकमहिने मकर मेला सुरु भएको छ। मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिकाले गर्दै आएको छ।
मेलामा देशका विभिन्न भागका साथै भारतबाट पनि धेरै श्रद्धालु आउने गरेका छन्। सीता स्वयम्वरका बेला श्रीराम धनुष उठाउँदा त्यसको एक टुक्रा आकाश, अर्को पाताल र बीचको भाग धनुषाधाममा झरेको किंवदन्ती छ।
धनुषको टुक्रा खसेको जनकपुरधामको पोखरी धनुष सागरका नामले चिनिन्छ। यो स्थानमा धनुष बाबाको मन्दिर पनि छ जहाँ हरेक वर्ष माघमा मेला लाग्ने गरेको छ। भक्तजनले धनुषको टुक्रामा पुष्प एवं जल अर्पण गर्ने चलन छ। पाँच मकर स्नान गरेर धनुष भगवान्को दर्शन गरेपछि सय रामेश्वरमको दर्शन गरेको पुन्य प्राप्त हुने जनविश्वास छ।
प्रतिक्रिया
Facebook Comment