देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ

डिसी नेपाल
१ माघ २०८१ १७:०३

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्दै जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) मुख्य दायित्व भएको बताएका छन्। उद्दले पिएसबी जनता र देशप्रति केन्द्रित रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिए।

साबिक नेपाल टेलिभिजनमा आज भएको पिएसबीको पूर्वारम्भ कार्यक्रममा उनले पिएसबी सबै वर्ग, क्षेत्र, भषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताए। मन्त्री गुरुङले विविधताभित्र एकता कायमगर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न पिएसबीलाई आग्रह गरे।

विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभू गर्दै समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए। पिएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गरे।

मन्त्री गुरुङले विकट ग्रामीण भेगका जनताको आवाज पिएसबीले बोल्नुपर्ने बताए। लोकतन्त्रको विगुल फुकेको रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत पिएसबी प्रारुपमा आइपुग्दा यसको कार्यशैली समयानुकुल परिमार्जन गर्नुपर्छ भन्नुभयो । पिएसबीले सुशासनका लागि सरकारलाई झक्झक्याउनुपर्नेमा पनि उनले जोड दिए।

बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय हाम्रो समाजमा सबैका भावन समेट्ने उनले सुझाए। ‘अब दैलेखमा बस्ने राउटे देखि तराईमा बस्ने मधेसका सबै जनताले रेडियो सुन्ने र टेलिभिजन हेर्ने अवसर पाउनुपर्छ’, सरकारका प्रवक्ता गुरुङले भने, ‘अनि मात्रै यो सार्वजनिक सेवा प्रशारणको सार्थकता रहन्छ ।’ उनले जनतालाई सहि सूचता दिने र सरकारको तथ्यपक आलोचना गर्ने बानीको विकास गर्न सुझाव दिएका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *