बंगलादेशमा २०२५ को मध्यसम्म राष्ट्रिय निर्वाचन हुन सक्ने
काठमाडौं । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले यस वर्षको मध्यसम्ममा राष्ट्रिय निर्वाचन हुनसक्ने बताएका छन् ।
बीबीसी बंगलाका अनुसार मंगलबार बीएनपी अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आलमगीरले सो कुरा बताएका हुन् ।
यसअघि प्राध्यापक मोहम्मद युनुसले आगामी वर्ष २०२६ को मध्यसम्ममा राष्ट्रिय निर्वाचन हुन सक्ने बताएका थिए । प्रोफेसर मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार हुन्।
उनको भनाइको जवाफमा बीएनपी सचिव आलमगीरले भने, “हामीलाई लाग्छ कि (सार्वजनिक निर्वाचन) धेरै ढिलाइ गर्नुपर्ने कुनै कारण छैन। अहिले निर्वाचन आयोग बनेको छ । सरकारमा पर्याप्त स्थिरता छ । निर्वाचन सुधार गर्न गठित समितिको प्रतिवेदन पनि यही महिना आउनेछ । त्यसैले अहिले नै ढिलो गर्नु पर्ने जस्तो लाग्दैन ।”
उनले भने, ‘जुलाइ-अगस्टसम्म चुनाव हुने सम्भावना छ ।’ उनले यही वर्षको मध्यसम्ममा निर्वाचन गराउनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दललाई सहयोग गर्न (पार्टी कार्यकर्ता) अपिल गरेका छन् । उनले निर्वाचन ढिलाइले राजनीतिक र आर्थिक संकट बढ्न सक्ने समेत बताए ।
Facebook Comment