रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो हमला, रुसले छिट्टै जवाफ दिने
काठमाडौं । युक्रेनले रुसका धेरै लक्ष्यमा आक्रमण गरेको र यो युद्धपछिको ‘सबैभन्दा ठूलो’ आक्रमण भएको दाबी गरेको छ ।
युक्रेनको सशस्त्र बलका अनुसार विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो। तीमध्ये केही सीमाबाट सयौं किलोमिटर टाढा थिए।
युक्रेनको खुफिया एजेन्सीले बीबीसीलाई यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ।
तर रुसले युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्टर्म स्याडो क्रुज मिसाइललाई खसालेको बताएको छ ।
रुसले पनि यो आक्रमणको जवाफ दिने बताएको छ । युक्रेनी आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर साराटोभका विद्यालयहरू बन्द गरिएका छन् ।
प्रतिक्रिया
Facebook Comment